काठमाडाैं । भोलि हुने राष्ट्रिय सभाको चुनावको तयारी पूरा भएको छ ।
आज आयोगको कार्यालय कान्तिपथमा विशेष पत्रकार सम्मेलन गरी निर्वाचन आयोगले भोलि हुने चुनावको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवले चुनावका लागि आवश्यक सबै तयारी भएको जानकारी दिनु भयो ।
भोलि हुने चुनावबाट ७ प्रदेशबाट ५६ जना राष्ट्रिय सभा सांसद चयन हुने छन् । जसमा २४ जना यस अघि नै निर्बिरोध भइसकेकाले ३२ जना सांसदका लागि निर्वाचन हुनेछ ।
Facebook Comments Box