काठमाण्डाैं । सर्वोच्च अदालतका बहालवाला प्रधानन्यायाधीश गोपाल पराजुलीसहित तीन जनाविरुद्ध अदालतको अवहेलना मुद्दा पेस भएको छ ।
सामाजिक अभियन्ता मनोजकुमार अधिकारीले आफू अनुकूल मुद्दाका साक्षीलाई बयान गराउन दबाब दिँदै अदालतको मर्यादा र गरिमा नष्ट गर्दै अवहेलना गरेको जिकीरसहित मुद्दा पेस गर्नु भएको हो ।
उहाँको मुद्दामा कान्तिपुर दैनिक र वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीलाई पनि विपक्षी बनाइएको छ ।
निवेदनमा अनसनरत डा गोविन्द केसीलाई अवहेलना मुद्दा लगाउन आफैले निर्देशक दिई सर्वोच्चका कर्मचारीको टिप्पणी उठाएर मुद्दा दायर गरेको र उक्त मुद्दामा केसीलाई आफू अनुकूल बयान दिन दबाब दिएको उल्लेख छ ।
प्रधानन्यायाधीश पराजुलीले केसीका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीलाई केसीको बयानमा आफूलाई आरोप लगाउन दबाब दिएकोले स्वतन्त्र न्यायालय समाप्त भएकाले अवहेलनामा पराजुलीलाई कारवाही गर्न माग गरिएको छ ।