काठमाडाैं । न्यू डायमण्ड कप राष्ट्रिय खुल्ला महिला भलिबलको उपाधिका लागि आयोजक टोली र एपिएफबीच प्रतिस्पर्धा हुने भएको छ । आज भएको खेलमा न्यू डायमण्डले पोखराको टप्स स्कुल र एपिएफले त्रिभुवन आर्मीलाई हराउँदै फाइनलमा स्थान बनाए ।
नयाँ बसपार्कको ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा भएको खेलमा आयोजक टोली न्यू डायमण्डले टप्स स्कुललाई ३–१ को सेटमा पराजित गरेको हो । त्यस्तै अर्को खेलमा एपिएफले विभागीय प्रतिद्वन्द्वी आर्मीलाई २५–१५, २५–१७ र २५–६ को सोझो सेटमा हरायो ।
भोलि प्रतियोगिताको फाइनल खेल आयोजक टोली र एपिएफबीच हुनेछ । त्यस्तै भोलि नै टप्स स्कुल र आर्मीबीच तेस्रो स्थानका लागि खेल हुनेछ ।
प्रतियोगिताको विजेताले १ लाख ५१ हजार, उपविजेताले १ लाख १ हजार तथा तेस्रो र चौथो हुनेले ५१ र २१ हजार पुरस्कार पाउनेछन् ।
Facebook Comments Box