एजेन्सी । दक्षिण अफ्रिकी राष्ट्रपति ज्याकोव जुमाले पद नत्याग्ने भएका छन् । राजीनामा दिन लगातार दवाव परेको भए पनि आफूले पद नत्याग्ने जुमाले स्पष्ट पारेका छन् ।
राष्ट्रपति जुमाले सत्तारूढ दल एएनसीका वरिष्ठ नेताहरूसँगको वार्तापछि सो प्रतिक्रिया दिएका छन् । तर सो वार्ताबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।
जुमाको प्रतिक्रियापछि उनको आफ्नै दलका नेताहरूले आज आकस्मिक बैठक बोलाएका छन् । राष्ट्रपति जुमाले भ्रष्टाचारसम्बन्धी आरोपहरूको सामना गरिरहेका छन् ।
दक्षिण अफ्रिकामा अर्को वर्ष आम निर्वाचन हुँदैछ । त्यसैले उक्त चुनावअघि नै पार्टी फुट्न सक्ने भएकोले पार्टीका प्रमुखले शक्ति संघर्षलाई पन्छाउन चाहेको बताइएको छ ।
Facebook Comments Box