एजेन्सी । उत्तर कोरियाले ४ वर्षपछि उच्च अधिकारी किम योङ नमलाई ओलम्पिकको वार्ताका लागि दक्षिण कोरिया पठाएको छ ।
किमले दक्षिण कोरियामा आगामी शुक्रबार हुने २२ सदस्यीय वार्ता टोलीको नेतृत्व गर्नेे दक्षिण कोरियाले जनाएको छ । ओलम्पिकको उद्घाटन सत्रमा दुई कोरियाका एथलेट्स खेलाडी एउटै झण्डा लिएर मैदानमा उत्रिने बताइएको छ ।
अन्तराष्ट्रिय नाकाबन्दी पछि उत्तर कोरियाले दक्षिण कोरियासँगको वार्तालाई कुटनीतिक रुपमा अगाडी बढाइरहेको जनाइएको छ । दक्षिण कोरियाले उत्तर कोरियाको कदमले दुई देशको सम्बन्ध सुधारमा थप सहयोग मिलेको जनाएको छ ।
किमले ३ जना अधिकारी र १८ जना सहयोगीसहित वार्ताको नेतृत्व गर्दैछन् । किम शुक्रबार प्योङयाङमा हुने ओलम्पिक उद्घाटनमा बस्छन वा बस्दैनन् भन्ने कुनै जानकारी नभएको जनाइएको छ ।
Facebook Comments Box