काठमाण्डौं । नेपाल रेडक्रस सोसाइटीले बाढी प्रभावित ८ वटा जिल्लामा पुनर्लाभ कार्यक्रम सुरु गर्ने भएको छ ।
गएको साउनको बाढीबाट प्रभावित सुनसरी, सप्तरी, सिरहा, महोत्तरी, रौतहट, उदयपुर र बर्दिया जिल्लामा रेडक्रसको अन्तर्राष्ट्रिय महासंघको सहयोगमा ७ हजार घरधुरीलाई विभिन्न राहत प्याकेज समावेश गरेर पुनर्लाभ कार्यक्रम सुरु गरिने नेपाल रेडक्रस सोसाइटीले जनाएको छ ।
आपतकालीन आवास व्यवस्थापनको लागि सामुदायिक आवास स्थलको व्यवस्था, अग्लो स्थानमा ट्यूवेलको निर्माण, पानीको गुणस्तर परिक्षण, ट्यूवेलहरुको नियमित मर्मतको लागि औजारहरुको व्यवस्था र चेतनामूलक कार्यक्रम समावेश गरिने पुनर्लाभ कार्यक्रम प्रमुख डाक्टर कृष्ण देवकोटाले जानकारी दिनुभयो ।
Facebook Comments Box