एजेन्सी । उत्तर र दक्षिण कोरियाको संयुक्त महिला आइस हक्की टोली आफ्नो पहिलो खेलमा पराजित भएको छ ।
शितकालिन ओलम्पिक सुरु हुनु अघि स्विडेनसँग भएको मैत्रीपूर्ण खेलमा संयुक्त टोली ३–१ ले पराजित भएको हो । गएराति भएको सो खेल ओलम्पिकको तयारीका लागि भएको पहिलो र एक मात्र अभ्यास खेल थियो ।
आजको हारसँगै प्रतियोगिताअघि जित हात पार्दै संयुक्त कोरियाली टोलीका लागि ओलम्पिक यात्राको सुखद सुरुवात गर्ने मौका गुमेको छ । खेल हेर्नका लागि दुवै कोरियाको संयुक्त झण्डासँगै सयौँ दर्शक रंगशालामा उपस्थित भएका थिए ।
शुक्रबारबाट दक्षिण कोरियाको प्योङच्याङमा सुरु हुने शितकालिन ओलम्पिक फेब्रुअरी २५ सम्म चल्नेछ ।
Facebook Comments Box