काठमाण्डाैं । भूकम्पबाट सबैभन्दा प्रभावित सिन्धुपाल्चोकका ३५ प्रतिशत पीडितले अझै घर निर्माण गर्न सकेका छैनन् ।
पहिलो किस्ता अनुदान घरायसी प्रयोजनमा खर्च गरेको र आर्थिक तथा दक्ष कामदार अभाव, आकासिँँदो मूल्य वृद्धिका कारण घर निर्माण गर्न कठिनाइ भएको पीडितहरुले बताएका छन् । जिल्लामा भूकम्प पीडित लाभग्राही ७८ हजार ५३७ परिवार रहेका छन् ।
पहिलो सूचीमा समावेश नभएका पाँच हजार १२६ परिवारले गुनासो दर्ता गराए सँगै ८३ हजार ६६३ परिवार लाभग्राही सूचीमा समावेश भएका छन् ।
हालसम्म जिल्लामा ६५ प्रतिशतले मात्र घर निर्माण शुरु गरेका छन् भने ३५ प्रतिशतले अझै शुरु नगरेको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख टंक गौतमले बताउनुभयो ।
Facebook Comments Box