काठमाण्डाैं । दुई साता भ्रमणका लागि पूर्व राजा ज्ञानेन्द्र शाह आज भारत प्रस्थान गर्नु भएको छ ।
उहाँलाई विदाइ गर्न समर्थकहरु राष्ट्रिय झण्डा र फूलमालासहित विमानस्थल पुगेका थिए । समर्थकहरुले राजतन्त्रको पक्षमा नाराबाजी पनि गरेका थिए ।
विमानस्थलमा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उहाँले लक्ष्य पूरा गर्न बाटो विभिन्न लिए पनि एउटै सिद्धान्तमा अडिग हुनुपर्ने बताउनु भयो ।
लोपोन्मुख भारतीय देसी गाई जोगाउने उद्देश्य रहेको संगठन श्रीमार्गले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन पूर्व राजा भारतको उडिसा प्रस्थान गर्नु भएको हो ।
Facebook Comments Box