काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले देवघाटधामलाई भौतिक पूर्वाधारसहित अति आकर्षक सांस्कृतिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभएको छ ।
गलेश्वर आश्रमले आयोजना गरेको धनधान्याचल विराट् ज्ञान महायज्ञको आज देवघाटधाममा उद्घाटन गर्दै उहाँले धर्म, शान्ति र भ्रातृत्वमा विश्वास गर्ने सबैका लागि महत्वपूर्ण केन्द्रका रुपमा देवघाटलाई प्रवद्र्धन गर्नु आवश्यक रहेको बताउनुभयो ।
राष्ट्रपति भण्डारीले सभ्य, संस्कृति र चेतनशील नागरिकमा राष्ट्र र राष्ट्रियताको सम्बद्र्धन तथा देशप्रेमको भावना हुने भएकाले देशको कुनाकुनामा यस्तो चेतना जगाउन आवश्यक रहेको बताउनुभयो ।
गलेश्वर आश्रमलगायत संस्थाले पूर्वीय दर्शनका आधारका रुपमा रहेको संस्कृत शिक्षालाई आधुनिकीकरण गर्दै वैदिक वाङ्मयको संरक्षण गर्नु महत्वपूर्ण रहेको बताउँदै उहाँले सुखी र उन्नत समाज सिर्जना गरी आफ्नो मौलिक पहिचान कायम राख्न कटिबद्ध रहनुपर्ने बताउनुभयो ।