सिमकोट। जिल्ला अस्पतालको विलिङ सिस्टमलाई सहज र पारदर्सी वनाउन सिमकोट गाँउपालिकाले सो सिस्टम भएका कम्प्युटरका सामाग्री हस्तान्तरण गरेको छ ।
हालसम्म अस्पतालमा विलिङ सिस्टम कम्प्युटरवाट संचालन नभएको र अहिले हस्तान्तरण गरिएको कम्प्युुटरमा सो सिस्टम पनि भएको कारण अब देखि सो सेवा सुरु गराउनका लागि कम्प्युटरका सामाग्री बितरण गरेको हो ।
यस अघि अस्पतालमा यस्तो विलिङ सिस्टम नभएको कारण रकम हिनामिना भएकोले पालिकाले अस्पताललाई खरिद गरेर हस्तान्तरण गरेको सिमकोट गाँउपालिकाका प्रशासकीय अधिकृत अर्जुन दर्जीले वताउनुु भयो ।
हस्तान्तरण भएका सामाग्रीमा एक थान डेक्सटप, एक थान प्रिन्टर, एक थान व्याट्री, एक थान इन्भटर र चार पीस म्याटेस सहितको रहेकोे प्रशासकीय अधिकृत दर्जीले वताउनु भयो ।
सामाग्री पालिका अध्यक्ष पदम वहादुुर लामाले जिल्ला अस्पतालका डाक्टर रन्जित यादवलाई अस्तान्ण गर्नु भएको थियो ।
अस्पतालको विलिङ सिस्टम पारदर्सी वनाउनका लागि सामाग्री हस्तान्तरण गरिएको वताउदै अध्यक्ष लामाले यसको सहि सदुुपयोग गर्नु पर्ने वताउनु भयो । यी सामाग्री खरिदका लागि दुई लाख ९० हजार वजेट खर्च भएको पालिकाले जनाएको छ ।