झापा । लामखुट्टेको टोकाइबाट लाग्ने औलो रोग नियन्त्रणका लागि झापाका अतिप्रभावित क्षेत्रमा २० हजार थानभन्दा बढी झुल (सुपानेट) वितरण गरिएको छ ।
जिल्लाका अतिप्रभावित काँकडभिट्टा, बाहुनडाँगी र पृथ्वीनगरका स्थानीयवासीलाई झुल वितरण गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य अधिकृत मधुसुधन कोइरालाले जानकारी दिनुभयो ।
उहाँका अनुसार मेचीगनर–१० स्थित काँकरभिट्टामा ११ हजार थान, बाहुनडाँगी सात हजार २०० र भद्रपुर–२ स्थित पृथ्वीनगरमा ९२० थान झुल वितरण गरिएको छ ।
Facebook Comments Box