काठमाण्डौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा योगेन्द्र कर्माचार्य विजयी हुनु भएको छ । आज सम्पन्न मतगणनामा डोलनाथ खनाललाई २६७ मतान्तरले पराजित गर्दै कर्माचार्य आगामी ३ बर्षे कार्यकालका लागि अध्यक्षमा विजयी हुनु भएको हो ।
अधिवेशनले अध्यक्ष, ३ जना वरिष्ठ उपाध्यक्ष, ८ जना उपाध्यक्ष, महासचिव, ३ जना उपमहासचिव, ३ जना सचिव,कोषाध्यक्ष र सह कोषाध्यक्ष, १० जना वर्गिय संयोजक र ७ जना प्रदेश संयोजक सहित ८३ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको छ ।
संघको बरिष्ठ उपाध्यक्षमा दिपक अधिकारी, बिजय बहादुर स्वाँर र हरिशरण केसी बिजयी हुनु भएको छ । उपाध्यक्षमा पुष्पा श्रेष्ठ, सानुकाजी प्रजापति, जितबहादुर भारती, रामप्रसाद सुवेदी, ऐनकुमार शाही, कृष्णप्रसाद सुवेदी, यादवलाल श्रेष्ठ र प्रभुप्रसाद कलवार निर्वाचित हुनु भएको छ ।
यस्तै महासचिवमा खनाल प्यानलबाट उम्मेदवार रहेका सरोज सिटौला दोस्रोपटक बिजयी हुनु भएको छ ।