काठमाण्डाैं । गुणस्तर मापदण्ड पूरा नगर्ने ग्यास उद्योग बन्द गर्ने सरकारको चेतावनीपछि उद्योगीहरूले नेपाल गुणस्तर चिह्न प्रमाणपत्र (एनएस) का लागि आवेदन दिएका छन् ।
गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार, विभागमा आवेदन दिनेमा एनएस नलिएका सबै ग्यास उद्योग छन् ।
बोटलिङ प्लान्टहरूले गुणस्तर मापदण्ड पालना नगर्दा जोखिम र दुर्घटनाका घटना हुन थालेपछि एक महिनाअघि विभागले मापदण्ड पालना गर्न सबै ग्यास उद्योगहरूलाई आग्रह गरेको थियो ।
एनएस नलिएकालाई सञ्चालन अनुमति नदिन नेपाल आयल निगमलाई विभागले पत्राचारसमेत गरेको थियो ।
एनएस चिह्न नलिने बोटलिङ प्लान्ट बन्दसम्म गर्ने चेतावनी दिएपछि उद्योगीहरूले त्यसका लागि आवेदन दिएको विभागले जनाएको छ ।
Facebook Comments Box