काठमाण्डौं । बाढी र डुबानबारे पहिल्यै जानकारी दिने मोवाइल एसएमएस सेवा सुरु हुने भएकाे छ । नदी किनारका बासिन्दालाई पूर्व जानकारी दिन जल तथा मौसम विज्ञान विभागले मोवाइल एसएमएस सेवा सुरु गर्न लागेको हो ।
कनकाई, कोशी, नारायणी, भेरी, कर्णाली, महाकाली जस्ता ठूला नदी आसपासका बासिन्दालाई बाढी र डुबानको जोखिमबारे सूचना दिन यो सेवा प्रयोग हुनेछ । त्यसका लागि जोखिम क्षेत्र पहिचान गरी नमुनाका रुपमा सोमबारदेखि सेवा सुरु गर्न लागिएको विभागका महानिर्देशक ऋषिराम शर्माले जानकारी दिए ।
यो सेवा नेपाल टेलिकम र एनसेल फोनकर्ताले लिन सक्नेछन् । तर आज भने एनसेलकाे टेक्स म्यासेज पठाएर परीक्षण सुरु गर्ने तयारी छ । नेपाल टेलिकमको प्राविधिक काम बाँकी रहेको विभागले जनाएको छ ।
Facebook Comments Box