काठमाण्डाैं । ज्यान मार्ने धम्की दिएको आरोप लागेपछि प्रधानन्यायाधीश गोपाल पराजुली प्रहरी छानविनको घेरामा पर्नु भएको छ ।
प्रधानन्यायाधीश पराजुलीले आफूलाई ज्यान मार्ने धम्की दिएको भन्दै वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले आज जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा निवेदन दिनु भएको छ । लगत्तै जिप्रकाले यसबारे छानविन गर्न महानगरीय प्रहरी परिसर, काठमाडौंलाई भनेको छ ।
प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले मुद्दा ठूलो भएकाले सुरक्षा थ्रेट हो कि होइन, भनि जाँच बुझ गर्न परिसरलाई भनेको बताउनु भयो ।
अधिवक्ता भण्डारीले निवेदनमा प्रधानन्यायाधीश पराजुलीले आफूलाई फोन गरेको नम्बर पनि उल्लेख गर्दै कल डिटेल मगाउन माग पनि गर्नु भएको छ । प्रजिअले तोक लगाएर पठाएपछि परिसरले सम्वन्धित निकायसँग कल डिटेल मागेको छ ।
साथै छानविनका लागि महानगरीय प्रहरीवृत्त बानेश्वरलाई पत्र पठाइएको एसपी रविन्द्र धानुकले जानकारी दिनु भयो ।