एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरिया अझै पनि अमेरिकाका लागि खतरा हुनसक्ने बताएका छन ।
उत्तर कोरियाले अझै पनि विश्व समुदायको कुरा नसुनेर अत्यन्त गैरजिम्मेवार ढङ्गले आणविक क्षेप्यास्त्र बनाइरहेको बताएको उल्लेख गरेका छन् ।
लगभग विश्वले नै उत्तर कोरियाको उक्त शस्त्रको होड रोक्नका लागि आजका मितिसम्म निकै ठूलो प्रयत्न गरिरहेको पनि उनको धारणा छ ।
राष्ट्रपति ट्रम्पले रुस र चीनलाई पनि उनीहरुले अमेरिकी चाहना, अर्थतन्त्र र मूल्य मान्यताहरुलाई चुनौती दिइरहेको आरोप लगाएका छन् ।
उत्तर कोरियालाई वार्ताको टेबलमा ल्याउनका लागि अमेरिकाले पहल गरिरहेको जानकारी दिँदै उनले वार्ताको टेबलमा ल्याउन अनेक प्रयासहरु जारी राखेको खुलासा पनि गरेका छन् ।
Facebook Comments Box