काठमाण्डाैं । प्रधानमन्त्री शेर बहादुर देउवाले निर्वाचन गराउने जिम्मेवारी पुरा हुनासाथ सरकार छोड्ने भएकाले हतार नगर्न दलहरुलाई आग्रह गर्नुभएको छ ।
नेपाल टेलिभिजनको ३३ औ बार्षिकोत्सवको अवसरमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्री देउवाले चुनाव गराउने जिम्माका साथ सरकार गठन भएकाले त्यस अघि सरकार नछाड्ने बताउनुभएको हो । उहाँले अझै राष्ट्रियसभाको निर्वाचन गर्न बाँकि भएकाले त्यस अघि सरकार छाडेन भनेर आरोप लगाउनुभन्दा संविधान राम्रो संग अध्ययन गर्न आग्रह गर्नुभयो ।
प्रधानमन्त्री देउवाले समयानुकुल, परिमार्जन र परिस्कृत हुदै संघीय संरचनामा जानुपर्ने भएकाले त्यसका लागि आवश्यक सहयोग सरकारले गर्ने प्रतिवद्धता पनि जाहेर गर्नुभयो ।
Facebook Comments Box