काठमाण्डौं । सरकारले तेस्रो मधेश आन्दोलनको छानविन प्रतिवेदन लुकाएको भन्दै प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन भएको छ ।
तेस्रो मधेश आन्दोलनको क्रममा भएको क्षति र अत्याधिक बल प्रयोग भएको विषयमा छानविन गर्न पूर्व न्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा छानविन आयोग गठन भएको थियो ।
उक्त आयोगले प्रतिवेदन बुझाएको महिनौं बितिसक्दा पनि सरकारले सार्वजनिक गरेको छैन ।
आयोगको प्रतिवेदन सार्वजनिक गर्न मधेशका जिल्लासहित काठमाडौंमा पनि नियमति प्रदर्शन हुँदै आएको छ ।
आज तराई मधेश राष्ट्रिय परिषद्ले प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेको हो ।
Facebook Comments Box