पाँचथर । पाँचथरको याङवरक गाउँपालिका ३ मा गएराति जिप दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएकाे छ ।
ग १ ज ६०८५ नम्बरको जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने जिपमा सवार अन्य ६ जना घाइते भएकाे प्रहरीले जनाएकाे छ ।
मृत्यु हुनेमा याङवरक गाउँपालिका ३ का १९ वर्षिय प्रवेश योङया र १६ वर्यिय सन्दिप योङया रहेका छन् ।
घाइते भएका जिपमा सवार ६ जनालाई उपचारको लागि झापा पठाइएकाे स्थानीय प्रहरीले जनाएको छ ।
Facebook Comments Box