झापा । पुर्व पश्चिम् राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिकामा टाटा सुमो दुर्घटना भएकाेछ । दुर्घटनामा ६ जनाको घटना स्थलमै मृत्यु भएको छ ।
काठमाडौंबाट झापा तर्फ जाँदै गरेको बा ९ च ३३१४ नम्बरको टाटा सुमो गणेशमानचारनाथ -८ पोर्तहामा आज बिहान ३ बजे दुर्घटना भएको हो ।
दुर्घटनामा परि अन्य ४ जना घाइते छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका अनुसार मृतककाे नाम:
विराटनगरका शारदा रेग्मी दाहाल
खोटाङ निर्मलडाँडाका ज्ञानबहादुर चौहान
मोरङका बलराज न्यौपाने
मोरङ लेटाङ ८ का खेमकुमार रानामगर
पाँचथर रवि ६ का प्रनिता राई
संखुवासभा धर्मदेवी वडा न ९ का नयाराज जिमी
बाक्लो हुस्सु र तीब्र गतिको कारण दुर्घटना भएको हुनसक्ने प्रहरीकाे अनुमान छ ।
Facebook Comments Box