काठमाण्डाैं। नारायणगढ–मुग्लिन सडकखण्डमा भोलिदेखि दिउँसो सवारी रोकेर काम गरिने भएको छ ।
रातको समयमा सवारी रोकेर काम गरिएको भए पनि कामको प्रगति हुन नसकेपछि भोलिदेखि दिउँसो सवारी रोकेर काम गरिने भएको हो ।
रातको समयमा भन्दा दिउँसोमा कामको प्रगति हुनसक्ने भन्दै स्थानीय प्रशासन, नारायणगढ–मुग्लिन सडक आयोजना, परामर्शदाता र ठेकेदार कम्पनीले यस्तो निर्णय गरेका हुन् ।
बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म एक महिना सवारी रोकेर काम गरिने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताउनुभयो ।
गत पुस १८ गतेदेखि सडक विस्तारको कामलाई तीव्रता दिन राति १० बजेदेखि बिहान ४ बजेसम्म यातायात रोकेर काम गरिँदै आएको थियो ।
आज राति भने सडक नरोकिने आयोजनाका इञ्जिनियर शिव खनालले जानकारी दिनुभयो ।
Facebook Comments Box