काठमाडौँ । सर्वोच्च अदालतले उच्च अदालतमा नियुक्ति भएका ८० न्यायाधीशको नियुक्तिसम्बन्धी विवादको निर्णय आगामी फागुन ३ गते सुनाउने भएको छ ।
न्यायाधीश ओमप्रकाश मिश्र, बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको पूर्ण इजलाशमा आज सुनुवाइ सकिएपछि सो को निर्णय आगामी फागुन ३ गते सुनाउने भएको हो ।
गत वर्ष पुस २९ गते उच्च अदालतमा ८० न्यायाधीशको नियुक्ति गर्दा प्रक्रिया नपुर्याइ दलगत स्वार्थका आधारमा गरिएको भन्दै सरकारी वकिल कार्यालयका नायब महान्यायाधिवक्ता दुर्गाबन्धु पोखरेल, अधिवक्ता डीलहरि शर्मा, प्रकाशकुमार काफ्ले, सुरेन्द्रप्रसाद यादव र तोयानाथ ढुंगानाले रिट निवेदन दायर गरेका थिए ।
Facebook Comments Box