काठमाण्डाैं । सरकारले भूकम्प पीडितलाई थप एकलाख रुपैयाँ अनुदान दिने निर्णय गरे पनि त्यसको कार्यान्वयनमा समय लाग्ने भएको छ ।
सरकारको निर्णय कार्यान्वनका लागि कानून र कार्यविधि बनाउन कम्तिमा ३ महिना लाग्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
त्यसैले थप एकलाख रुपैयाँ दिने सरकारी घोषणाकै कारण घर निर्माणबारे अन्यौलमा नपर्न प्राधिकरणका सहप्रवक्ता डाक्टर भिष्मकुमार भुषालले आग्रह गर्नुभएको छ ।
आवास पुनर्निर्माणकै लागि एक लाख रुपैयाँ थप्ने सरकारको आशय हो भने पनि त्यसको कार्यान्वयनमा समय लाग्ने भएकाले घर बनाइ रहेकालाई अलमलमा नपर्न प्राधिकरणका सहप्रवक्ता भुषालले आग्रह गर्नुभयो ।
Facebook Comments Box