काठमाडाैं । विशेष अदालतले गुन्डा नाइके चक्रे मिलनलाई सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ दिने फैसला सुनाएको छ ।
न्यायाधीशहरु रत्नबहादुर बागचन्द, चण्डीराज ढकाल र प्रमोदकुमार श्रेष्ठ वैद्यको संयुक्त इजलासले आज सफाइ दिने फैसला सुनाएको हो । हिजो गुरुङका कानुन व्यवसायीले सफाइ पाउनुपर्ने तर्क गर्दै बहस गरेका थिए ।
आज सरकारी वकिलले सम्पत्ति शुद्धीकरण अनुसन्धान! विभागको तर्फबाट बहस गरेसँगै दुवै पक्षको बहसपछि विशेषले गुरुङलाई सफाइ दिने फैसला सुनाएको हो ।
अर्थ मन्त्रालय मातहत रहेको सम्पत्ति शुद्धीकरण विभागले गुरुङसहित ५ जना गुन्डा नाइकेको सम्पत्तिबारे अनुसन्धान गर्दै २०७० जेठ ५ मा विशेष अदालतमा मुद्दा दायर गरेका थियो ।
Facebook Comments Box