काठमाण्डाैं । सशस्त्र प्रहरीमा नयाँ दरबन्दी थप गर्ने निर्णय र सीमा स्तम्भ नेपालतर्फ गाडिएको विवाद सम्बन्धी रिट प्रधानन्यायाधीश गोपाल पराजुलीले आफ्नै इजलाशमा पेशी तोक्नु भएको छ ।
गत शुक्रबार र मंगलबार दर्ता भएको रिटलाई प्रधानन्यायाधीश पराजुलीले आफ्नै इजलाश तोकका हुन् ।
अधिवक्ता जयनारायण हुजेदारले दरबन्दी नै नभएको अवस्थामा बढुवा गर्नु गैरकानुनी भएकाले कार्यान्वयनमा रोक लगाउन माग गर्दै शुक्रबार रिट दर्ता गरेका थिए ।
यस्तै अधिवक्ता यज्ञमणि न्यौपानेले दायर गरेको रिटमा भारतले नेपाली सीमा मिचेर सीमा स्तम्भ गाडिएकाले तत्काल हटाउन माग गरिएको छ ।
सुगौली सन्धिविपरीत सीमा स्तम्भहरु गाड्ने काम भइरहेको भन्दै रिटमा नयाँ पिल्लरहरु हटाउन माग गरिएको छ ।
Facebook Comments Box