काठमाण्डाैै । गुन्डा नाइके चक्रे मिलनको सम्पत्ति शुद्धीकरण मुद्दाको अन्तिम सुनुवाइ विशेष अदालत काठमाडौंमा सुरु भएको छ ।
न्यायाधीशत्रय रत्नबहादुर बागचन्द, चण्डीराज ढकाल र प्रमोदकुरमार श्रेष्ठ वैद्यको इजलाशमा सोमबारबाट मुद्दा फैसलाको बहस सुरु भएको हो । पहिलो दिन गुरुङका कानुन व्यवसायीले सफाइ पाउनुपर्ने तर्क गर्दै बहस गरेका थिए ।
आज सरकारी वकिलले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको तर्फवाट बहस गर्दै छन् ।
दुवै पक्षको बहसपछि विशेषले गुरुङको मुद्दामा फैसला सुनाउनेछ । अर्थ मन्त्रालय मातहत रहेको सम्पत्ति शुद्धीकरण विभागले गुरुङसहित ५ जना गुन्डा नाइकेको सम्पत्तिबारे अनुसन्धान गर्दै २०७० जेठ ५ मा विशेष अदालतमा मुद्दा दायर गरेका थियो।
गुन्डा नाइकेहरुको अवैध सम्पत्तिबारे अनुसन्धान गर्न र मुद्दा अदालतसम्म पुर्याउन ४ वर्ष लागेको थियो । अन्य ४ जनाको मुद्दा भने विशेषमा अन्तिम सुनुवाइको क्रममा छ ।