काठमाण्डाैं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन दोस्रो पुस्ताको राडार सञ्चालनमा ल्याउने भएको छ । ललितपुरको भट्टेडाँडामा जडान भएको उच्च क्षमताका टु जी राडार केही दिनभित्रै सञ्चालनमा ल्याउन लागिएको हो ।
प्राधिकरण, जापनी दूतावास र जाइकाको उच्चस्तरीय प्रतिनिधिमण्डलले आज प्राविधिक परीक्षणको अनुगमन गर्ने तयारी गरिएको प्राधिकरणका निमित्त उपमहानिर्देशक नरेन्द्र थापाले जानकारी दिनुभयो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल ६० एरोनोटिकल माइल क्षमताको राडार सञ्चालनमा रहेकामा अब १२० एरोनोटिकल माइलमा स्तरोन्नति हुनेछ ।
नयाँ प्रणाली जडानसँगै आकाशमा जहाज होल्ड गर्नुपर्ने समस्याको अन्त्य हुनेछ । नयाँ राडार जडान भएपछि काठमाडाैदेखि ४५० किलोमिटरको दूरीमा रहेका जहाजको अवस्थाबारे जानकारी लिन सकिनेछ ।
Facebook Comments Box