काठमाडौँ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले प्रदेश कार्यालय सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार उपलब्ध गराउन आफ्ना मातहतका स्थानीय तहमा रहेका कार्यालयलाई निर्देशन गरेको छ ।
प्रदेश सरकार सञ्चालनका लागि स्थायी संरचना नबनेसम्मका लागि आवश्यक भौतिक पूर्वाधार उपलब्ध गराउन आफ्नो मातहतका स्थानीय तहलाई आज निर्देशन गरिएको मन्त्रालयका कर्मचारी प्रशासन तथा आन्तरिक व्यवस्थापन शाखाका शाखा अधिकृत रवीन्द्रजंग थापाले जानकारी गराउनुभयो ।
मन्त्रालयले चाँडै नै निर्णय बमोजिमको कार्यालय उपलब्ध गराउन प्रदेश मुकाममा रहेका स्थानीय तहलाई निर्देशन गरेको हो ।
Facebook Comments Box