काठमाण्डाैं । नेपाल निर्माण ब्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको हत्यामा संलग्न मुख्य योजनाकारसहित ९ जनालाई पुर्पक्षका लागी जेल चलान गरिएको छ ।
हत्यामा संलग्न मुख्य योजनाकार एवं गुण्डा नाईके समिरमान सिंह बस्नेत सहित ९ जनालाई नौ दिन लामो थुनछेक बहसपछि जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको हो ।
जिल्ला न्यायाधीश बावुकाजी बानियाँको एकल ईजलाशको फैसलाले बस्नेत सहित राजिव स्याङतान, शिवजी महतो, मुकेशकुमार पाण्डे, सन्तोष गुरुङ, प्रकाश बुढाथोकी, बसन्त थेवे र धनराज योङहाङलाई पुर्पक्षका लागी थुनामा पठाइएको जिल्ला अदालत काठमाडौंका प्रवक्ता कृष्ण नेपालले जानकारी दिनु भयो ।
Facebook Comments Box