काठमाडौं । महोत्तरीको रामगोपालपुर नगरपालिका ८ थलहीमा ट्याक्टर दुर्घटना हुँदा तीनको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् ।
सरस्वती पुजाको अवसर पारेर वनभोज गएकाहरुलाई लिएर फर्किदै गरेको ज १ त ३५१६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार गएराती भएको दुर्घटनामा मृत्यु हुनेमा रामगोपालपुर ७ का ४० वर्षीया सत्यचन्द्र साह, १८ वर्षीय रामबाबु मण्डल र ४५ वर्षीया सावित्रीदेवी मण्डल मृत्यु भएको छ ।
घाईते ८ जनाको जनकपुर अञ्चल अस्पतालमा उपचार भईरहेको छ । दुर्घटनापछि फरार रहेका चालकको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय रामगोपालपुर महोत्तरीले जनाएको छ ।
Facebook Comments Box