काठमाण्डाैं । प्रदेश नम्बर–१ को अस्थायी राजधानी धनकुटा तोकिनुपर्ने माग गर्दै धनकुटामा गरिएको आमहडताल सात दिनका लागि स्थगित गरिएको छ ।
हिजो साँझ बसेको आन्दोलन परिचालन समितिको बैठकले आमहडताललाई एक हप्ता स्थगित गरी आन्दोलनको स्वरुप परिवर्तन गर्ने निर्णय गरेको हो । स्थानीय प्रशासनले बजार क्षेत्रमा लगाएको निषेधाज्ञा पनि हटाइएको छ ।
यससँगै आमहडताल फिर्ता लिने निर्णय गरिएको आन्दोलन परिचालन समितिका सदस्यसचिव जयन्द्र प्रधानले जानकारी दिनुभयो । सरकारले प्रदेश नम्बर–१ को अस्थायी मुकाम विराटनगर तोकेको विरोधमा धनकुटावासीले आमहडताल गरेका थिए । आमहडताल र निषेधाज्ञा खुलेसँगै धनकुटाको जनजीवन सहज हुने भएको छ ।
Facebook Comments Box