काठमाडौं । धुनकुटामा राजधानीको माग गर्दै गरिएको आन्दोलनका कारण त्यहाँको जनजिवन कष्टकर बन्दै गएको छ ।
आन्दोलन हिंसात्मक बन्दै गएपनि स्थानिय प्रशासनले पाँचदिन देखि गरेको निषेधाज्ञा आजपनि जारी छ ।
स्थानीय प्रशासनको पहलमा हिजो दिउँसो ३ बजे देखि आज बिहान ७ बजे सम्मको निषेधाज्ञा हटाएपनि अघि केहिबेर देखि पुनः निषेधाज्ञा सुरुभएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतिले जानकारी दिनुभयो ।
सरकारले प्रदेश नम्बर १ को अस्थायी राजधानी विराटनगरलाई तोकेपछि धनकुटामा आन्दोलन चर्किएको होे ।
आन्दोलन फिर्ताका लागि विभिन्न छलफल भएपनि निश्कर्षमा पुग्न सकेको छैन । बन्दका कारण दैनिक उपभोग्य बस्तुको अभाव हुन थालेको स्थानीयले बताएका छन् ।
Facebook Comments Box