काठमाण्डाैं । चितवनको सिमसार क्षेत्रमा हालै गरिएको चरा गणनामा ६ प्रजातिका चरा घटेको पाइएको छ ।
पानीमा आश्रित चराको अवस्था पत्ता लगाउन पुस अन्तिम साताबाट जलपक्षी (पानीचरा)को गणना शुरु गरिएको थियो ।
चरा गणनाको प्रतिवेदनबारे जानकारी दिँदै चरा विज्ञ तथा बर्ड एजुकेशन सोसाइटी चितवनका पूर्वअध्यक्ष वासु विँडारीले हाँस प्रजातिका चरा फेला नपरेको जानकारी दिनुभयो ।
अघिल्लो वर्ष ५४ प्रजातिका जलपक्षीको गणना भएको थियो । यसपटकको गणनामा जम्मा ४८ प्रजातिका मात्रै पानीचरा फेला परेको विँडारीको भनाइ छ ।
यहाँको अनुगमनमा कूल २१३ प्रजातिका चरा अभिलेख गरिएकामा पानीमा आश्रित भने ४८ प्रजातिको मात्रै फेला परेको हो ।
Facebook Comments Box