काठमाण्डाैं। गौतमबुद्धको जन्मस्थलबारे फैलिएको भ्रम चिर्ने उद्देश्यले दुई युवतीले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन् ।
दोलखाको गौरीशंकर गाउँपालिका–९ सिमिगाउँकी २७ वर्षीया छोकी शेर्पा र काभ्रे जिल्ला रोसी गाउँपालिका–११ की २७ वर्षीया शर्मिला तामाङले केही देशमा अहिले पनि गौतमबुद्ध भारत जन्मिएको भन्ने भ्रम रहेकाले उनी नेपालमै जन्मिएका हुन् भने सन्देश प्रबाह गर्न सर्वाेच्च शिखर सगरमाथा आरोहण गर्न लागेको बताउनुभयो ।
उहाँहरुले आगामी चैत २५ गतेबाट पाएनियर एड्भेन्चर प्रालि कम्पनीको प्रायोजनमा ‘बुद्ध वाज बर्न इन नेपाल’ लेखिएको झण्डासँगै नेपालको झण्डा र धीरज राईले गाएको ‘बुद्ध वाज बर्न इन नेपाल’ बोलको गीत एक मिनेट सर्वोच्च शिखरबाटै बजाएर विश्वलाई सुनाउने योजनासमेत रहेको आरोहण दलकी सदस्य छोकी शेर्पाले जानकारी दिनुभयो ।
Facebook Comments Box