ललितपुर । पाटन सङ्ग्रहालयले लक्षित दर्शकका लागि अस्थायी प्रदर्शनी शुरु गर्ने भएको छ ।
आगन्तुकलाई दोहोर्याएर आउने वातावरण बनाउनका लागि अस्थायी प्रदर्शनी शुरु गर्न लागिएको सङ्ग्रहालयका प्रमुख सुरेशमान लाखेले बताउनुभयो ।
सुन्दरीचोकमा अस्थायी प्रदर्शनी शुरु हुनेछ । नियमित सङ्ग्रहालयसँगै समय समयमा अस्थायी सङ्ग्रहालय सञ्चालन हुन लागेको हो ।
अस्थायी सङ्ग्रहालयमा एउटा एउटा विषयवस्तुमा केन्द्रित प्रदर्शनी हुनेछ ।
Facebook Comments Box