काठमाण्डाैं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाली सेनालाई वन फँडानी, सेरोफेरो सडक निर्माणका लागि ८० करोड निकासा गर्ने तयारी गरिरहेको छ ।
प्राधिकरणले सो आयोजनालाई प्रमुख प्राथमिकतामा राखेर काम गरेको बताए पनि आयोजना प्रमुख तोक्ने वा प्रबन्धक राख्ने भन्ने विषयमा सहमति हुन नसकेको प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठले स्वीकार गर्नुभयो ।
हाल निर्माणाधीन गौतमबुद्ध विमानस्थलको आयोजना प्रमुख नहुँदा काममा समस्या भएको छ ।
राष्ट्रिय योजना आयोगको केही दिन पहिले सम्पन्न राष्ट्रिय समस्या समाधान समितिको बैठकमा समेत सो विषयले प्रवेश पाएको थियो ।
तत्कालीन आयोजना प्रमुख ओम शर्माको कार्यावधि सकिएपछि अर्को प्रमुख तोकिएको छैन ।
Facebook Comments Box