काठमाण्डाैं । गृह मन्त्रालयको बढुवा समिति सचिवालयले सशस्त्र प्रहरीको ५ जना डिआईजीलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको छ ।
आज बसेको बढुवा समितिको बैठकले ५ जना सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआईजी) लाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस गरेको हो ।
बढुवा सिफारिसमा पर्नेहरुमा जानकारीराज भट्टराई, सुबोधकुमार अधिकारी, निराकारम विक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठ रहनु भएको छ ।
Facebook Comments Box