धादिङ । बुढीगण्डकी आयोजना निर्माण समिति र धादिङका प्रमुख जिल्ला अधिकारी बीच विवाद हुँदा आयोजना प्रभावित मर्कामा परेका छन् । त्यसले गर्दा कतिपय प्रभावितले अहिलेसम्म पनि मुआब्जा पाउन सकेका छैनन् ।
बुढीगण्डकी जलविद्युत आयोजनाको लागि यसवर्ष १० अर्ब छुट्याइसकिएको छ भने अघिल्लै वर्षकै बजेट पनि केही प्रभावितले अझै पाउन सकेका छैनन् ।
गोरखा र धादिङको साविकको ३-३ वटा गाविसलाई ५ अर्ब मुआब्जा छुट्याइएको थियो । जसमा गोरखातर्फका ३ वटा गाविसलाई २ अर्ब ५० करोड मुआब्जा वितरण भएपनि धादिङतर्फका गाविसहरु खरी, मैदी र सलाङमा वितरण हुन नसकेको प्रभावितहरुले बताएका छन् ।
Facebook Comments Box