काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको सञ्चालक समितिमा ३ जना सदस्य नियुक्त गरेको छ ।
सार्वजनिक तथा निजी साझेदारी संस्था बोर्डमा निजी क्षेत्रबाट आगामी तीन वर्षका लागि सदस्य नियुक्ति गरिएको हो ।
नवनियुक्त सदस्यमा ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ (टान) का पूर्व अध्यक्ष दीपक महत, पर्यटन विकास समाज कैलालीका अध्यक्ष कृष्णबहादुर महरा र अवदेशकुमार यादव छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रिक्त तीन सदस्य नियुक्त गरेको नवनियुक्त सदस्य दीपक महतले जानकारी दिए ।
Facebook Comments Box