काठमाण्डौं । सीमावर्ती भारतीय सुरक्षा अधिकारीहरुले नेपालबाट भारतजाने नेपाली नम्बर प्लेटको मोटरसाइकल तथा यात्रुहरुको चेकजाँचमा कडाइ गरेका छन् ।
६९औं भारतीय गणतन्त्र दिवस जनवरी २६ अर्थात माघ १२ मा अवाञ्छित गतिविधि हुने जोखिम कम गर्न सुरक्षा व्यवस्थामा कडाइ गरिएको हो ।
भारतीय सीमा सुरक्षा बलले नेपालगन्ज नाका हुँदै भारतको रुपैडिया जाने नेपाली नम्बर प्लेटका मोटरसाइकलको कागजपत्र चेकजाँच गर्नुका साथै मोटरसाइकलको इन्ट्री समेत राख्न थालेको छ ।
यसअघि चारपांग्रे सवारीसाधनको मात्रै इन्ट्री गरिँदै आएकोमा अहिले कागजपत्र देखाउनुपर्ने र लामो लाइन लागेर इन्ट्री गर्नुपर्ने भएकाले मोटरसाइकल चालकहरु समस्यामा परेका छन् ।
Facebook Comments Box