काठमाण्डौं । त्रिभुवन विश्वविद्यालयले सबै आंगिक क्याम्पसलाई सूचना प्रविधिमैत्री बनाउन स्मार्ट बोर्ड र निःशुल्क वाइफाइको प्रबन्ध शुरु गरेको छ ।
विश्वविद्यालयले स्मार्ट बोर्ड खरिदका लागि प्रतिक्याम्पस एक लाखका दरले रकम व्यवस्था गरेको छ भने कीर्तिपुरस्थित त्रिवि केन्द्रीय कार्यालय, केन्द्रीय विभाग र क्याम्पसमा निःशुल्क वाइफाइ एवं विद्युतीय शासन (इ गभर्नेन्स)का लागि कूल १० करोड विनियोजन गरेको छ ।
त्रिविले चालु आवमा स्मार्ट बोर्ड खरिदका लागि क्याम्पसले रकम माग्ने क्रम शुरु भएको योजना महाशाखाका प्रमुख प्रा डा ऋदिशकुमार पोखरेलले जानकारी दिनुभयो ।
हाल त्रिविमा ६० आंगिक र १०८५ सम्बन्धन प्राप्त क्याम्पस छन् ।
Facebook Comments Box