धादिङ । धादिङमा अवैधानिक रुपमा सञ्चालन भईरहेका बालुवा उद्योगमा तत्काल विद्युत काट्न स्थानीय प्रशासनले
जिल्लास्थित विद्युत्त प्राधिकरणलाई निर्देशन दिएको छ । जिल्लाका विभिन्न स्थानमा अवैधानिक रुपमा सञ्चालन भईरहेका बालुवा धुने उद्योगमा फिरफिरे यन्त्र सञ्चालन गर्न जडान गरिएको विद्युत्त तत्काल काट्न प्रशासनले जिल्लास्थित प्राधिकरणलाई निर्देशन दिएको हो ।
घरायसी प्रयोजन भनेर विद्युत्त लाइन जडान गर्ने, उद्योग दर्ताका लागि एउटा कित्ताको लालपुर्जा देखाएर अर्कै ठाउँमा उद्योग स्थापना गर्ने गरेको भन्दै धादिङका प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीले यस्ता उद्योगको अनुगमन गरी अवैधानिक देखिए तत्काल विद्युत्त लाईन काट्न निर्देशन दिनु भएको हो ।
बालुवा धुने उद्योग र नदीमा मिसाईएको धमिलो पानीले प्रदूषण बढ्नुका साथै नदीमा यन्त्र प्रयोग गर्दा वातावरणमा असर गरेकाले जिल्ला प्रशासन कार्यालयले नदी सफा गर्न उद्योगलाई निर्देशन दिएको छ ।