धनकुटा । सरकारले प्रदेशको अस्थायी मुकाम तोकेपछि सुरु भएको दाङ, डोटी, विरगन्ज र धनकुटाको आन्दोलन अझै जारी छ ।
प्रदेश नम्बर १ को राजधानी माग गर्दै आन्दोलन चर्किएपछि असान्त बनेको धनकुटा सदरमुकाममा बिहिबार जारि गरिएको निषेधाज्ञा आज तेस्रो दिन पनि जारिछ ।
लम्विदो आमहड्ताल र निषेधाज्ञाको दोहोरो मारका कारण धनकुटाको जनजीवन प्रभावित बनेको छ । सदरमुकाम धनकुटाका बजार पसल बन्द छन् ।
धनकुटा सदरमुकाममा हिजो अपराह्न्नबाट प्राशासनले कफ्र्यू केहि खुकुलो गरे पनि निषेधाज्ञा कायमै राखेको छ । प्रशासनले निषेधाज्ञा खुकुलो गरिएको बताएपनि बजारमा सुरक्षाकर्मिको उपस्थिती बढाइएको छ ।
आमहड्ताल र निषेधाज्ञाका कारण धनकुटा भएर कोशी पहाडी जिल्लाको यातायात र ढुवानी पनि प्रभावित छ । प्रहरीको उपस्थितीमा यातायात र ढुवानीका साधन गन्तव्य पठाउँने काम भैरहेको स्थानीय प्रशासनले जनाएको छ ।