सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ स्थित सुनचाँदी पसलबाट चोरी गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । करिब २७ लाख बराबरको सुनचाँदीको गहनासहित उनीहरु पक्राउमा परेका हुन् ।
पक्राउ पर्नेहरुमा राजविराज नगरपालिका–४ का मुरलीकुमार साह, छिन्नमस्ता गाउँपालिका–५ का सन्तोषकुमार साह सुनार, सोही स्थान निवासी शत्रुधन साह सुनार, वडा नं ४ महेश यादव रहेको प्रहरी नायब उपरीक्षक धु्रवकुमार श्रेष्ठले बताउनुभयो ।
पक्राउ परेका चारैजनामाथि अनुसन्धान भइरहेको जनाइएको छ ।
Facebook Comments Box