नवलपरासी । नवलपरासीको त्रिवेणीमा लाग्ने माघे मेला भर्न आएका भक्तजन चढेको ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । अन्य २८ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।
भारतको गोरखपुरबाट ट्याक्टरमा आएको भक्तजनहरु दुर्घटनामा परेका हुन् ।
बसलाई साइड दिन खोज्दा ट्याक्टर ठटिया खोलामा खसेको हो । दुर्घटनामा सादु केवटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, नवलपुरले जनाएको छ ।
Facebook Comments Box