काठमाण्डाैं । पछिल्लो केही दिनयता बढेको अत्याधिक चिसोका कारण सिरहामा थप ३ जनाको मृत्यु भएको छ ।
अत्याधिक चिसोका कारण कठ्याङ्ग्रिएर कर्जन्हा नगरपालिका –६, कि सियावती हाय, गोलबजार नगरपालिका –८, का बिलटु गुप्ता र लहान नगरपालिका –६, का सितादेवी भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी सिरहाले जनाएको छ ।
यो सँगै सिरहामा चिसोका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ । अत्यधिक जाडोका कारण सिरहाको जनजीवन कष्टकर बनेको छ ।
अस्पतालमा रुघाखोकी, ज्वरो, कोल्ड डायरियालगायतका बिरामी पनि बढेका छन् ।
Facebook Comments Box