बागलुङ । बन्द भएको २६ वर्षपछि बागलुङको बागलुङ नगरपालिका–१४ स्थित बलेवा विमानस्थल सञ्चालनमा आउने भएको छ ।
नागरिक उड्डयन प्राधिकरण, विमान कम्पनी र बागलुङ नगरपालिकाका पदाधिकारीबीच आउँदो चैत पहिलो सातादेखि नियमित उडान शुरु गर्ने सहमति भएको हो ।
प्राधिकरणका पदाधिकारी, विमान कम्पनीका सञ्चालक, बागलुङ नगरपालिकाका प्रतिनिधि, पूर्वसासंदलगायत सरोकारवाला पक्षबीच हिजो भएको छलफलमा विमानस्थल सञ्चालनमा ल्याउने निर्णय भएको हो ।
सहमतिअनुसार पहिलो चरणमा नेपाल वायु सेवा निगमको राष्ट्रिय ध्वजावाहक र तारा एयरको जहाजले हप्ताको दुईपटक एक÷एक उडान भर्नेछन् ।
यात्रुको सुनिश्चिता र विमान कम्पनीको व्यवसाय प्रवद्र्धनमा बागलुङ नगरपालिकाले सघाउने सहमतिमा उल्लेख गरिएको छ ।
Facebook Comments Box