काठमाण्डौं । भारतीय पक्षको जिम्मामा रहेका पिल्लरहरु मर्मत सुस्त गतिमा भइरहेको पाइएको छ । बारा र पर्सासँग भारतको सीमा जोडिएको क्षेत्रका १ हजार ७४४ पिल्लर क्षतिग्रस्त भएका वा हराएका छन् ।
अध्ययनअनुसार पर्साको सीमा क्षेत्रमा १०५९ र बाराको सीमा क्षेत्रमा ६८५ पिल्लर क्षतिग्रस्त भएका र हराएको पाइएको छ ।
त्यसमा नेपालले जोर र भारतले विजोर नम्बर गरी आधा(आधा पिल्लर बनाउने सहमति भएको थियो । तर, भारतीय पक्षले हालसम्म करिव १ सय पिल्लर मात्र निर्माण तथा मर्मत गरेको पाइएको छ ।
Facebook Comments Box