काठमाण्डौं । विगत ३१ दिनदेखि बन्द रहेको किस्ट मेडिकल कलेजलाई खोल्न पाटन उच्च अदालतले आज आदेश दिएको छ ।
पारिश्रमिक वृद्धि लगायत अन्य माग राखेर कर्मचारीहरुले कलेज बन्द गरेपछि कलेज प्रशासन कर्मचारी संगठनलाई विपक्षी बनाएर अदालत पुगेको थियो । अतिआवश्यक सेवामा बन्द हड्ताल गर्न नपाइने भन्दै अदालतले कलेज खोल्न आदेश जारी गरेको हो ।
आन्दोलनका कारण ल्याब, एक्स रे लगायतका सेवा बन्द हुँदा इमर्जेन्सी सञ्चालनमा थिएन भने कलेजको सबै ब्याचको पढाइ बन्द थियो ।
Facebook Comments Box